• Sun. May 19th, 2024

सड़क खुलाउने लक्ष्यसितै सफाईमा ओर्लिए युवाहरू

Byadmin

Oct 21, 2021

मिरिकदेखि ओकाईटी नौ नम्बर गाउँसम्मको सड़क बाधित। सफाईमा उत्रिए युवाहरु। मौसम खुल्ला रहे आज नै सडक खुल्ला गर्नसक्ने युवाहरुको भनाइ। मिरिकको ओकाइटी चियाबारीस्थित नौ नम्बर गाउँलाई जोड्ने एकमात्र सडक पैरोको कारण बाधित बनेको छ। लगातार बर्षाको कारण बुधवार राती सडकको दुइ ठाउँमा ठूलो पैरो गएकोले यातायत ठप्प बनेको हो। आज बिहीवार बिहानैदेखि ओकाइटी नौ नम्बर अनि थर्बु एकतीसे गाउँका युवाह‌रुको सक्रियतामा सडक खोल्ने काम भएको छ। विशेषगरी एस. गोलाई अनि शिवधाम क्षेत्रमा भीषण पैह्रो गएको कारण नै सडक बाधित भएको बताइएको छ। सडक खुल्ला गर्न युवाहरूलाई हम्मे-हम्मे परिरहेको स्थानीय जुगत राणाले बताए। सडक पूर्णरूपमा खुल्ला गर्न समय लाग्ने छाँट देखिएको भन्दै मौसम खुल्ला रहे आज नै सडक खुल्ला गर्ने लक्ष्य युवाहरुको रहेको राणाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *