• Sat. Apr 18th, 2026

शहीदलाई श्रद्धाञ्जलि चढ़ाउनेहरूको लाग्यो भीड़ श्रद्धाञ्जलि अर्पण गर्न पुगे मन घिसिङ पुसिम्बेङ

Byadmin

Sep 23, 2021

शहीद विधान घिसिङलाई श्रद्धाञ्जलि अर्पण गर्न पुगे पुसिम्बेङ गोरामुमो अध्यक्ष मन घिसिङ।

गोर्खे सपूत सुबेदार विधान घिसिङले देशको निम्ति आफ्नो प्राणको आहुति दिएर शहीद बने। आफ्नो कार्यक्षेत्रमा तैनाथ रहेका विधान घिसिङ अचानक आतंकवादीहरूको गोलीको शिकार भए। उनको पार्थिव शरीर बुधबार उनको जन्मथलो पुसिम्बेङ चियाबारी ल्याइपुऱ्याएको थियो। शहीद विधान घिसिङलाई श्रद्धाञ्जलि चढ़ाउनेहरूको भीड़ लागेको छ। यसैबिच, शहीद विधान घिसिङलाई श्रद्धाञ्जलि अर्पण गर्न गोरामुमो पार्टीका अध्यक्ष मन घिसिङ बिहीबार शहीदको घर पुसिम्बेङ चियाबारी पुगे। मन घिसिङका साथमा पार्टीका शीर्ष नेतृत्ववर्ग पनि उपस्थित थिए। मन घिसिङले शहीद विधान घिसिङका माता-पिता अनि श्रीमती साथै परिवारसित भेट गरी समवेदना प्रकट गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *