• Thu. May 15th, 2025

विमल पुगे अग्निपीडित परिवारलाई भेट्न लिंगिया

Byadmin

Oct 21, 2021

गोजमुमो अध्यक्ष बिमल गुरुङद्वारा लिंगियाको भट्टीधुरा अग्निपीडित परिवारलाई राहत वितरण। तीनै पीड़ित परिवारलाई क्रमैले २५ हजार रूपिँया, कम्बल अनि तारपोलिन गरियो प्रदान। केही दिनअघि लिंगिया चियाबारीको भट्टीधुरा निवासी रमेश र उमेश साङपाङको घर अग्निकाण्डमा परेर स्वाहा भएको थियो। गोजमुमो बिजनबारी महकुमा अध्यक्ष शरण लामा, केन्द्रीय सहसचिव दिपेन माले र गोजमुमो अध्यक्ष बिमल गुरुङ स्वयं पीडित परिवारहरूलाई भेट्न भट्टीधुरा पुगेका थिए। यसैबिच, गुरुङले तीनै पीड़ित परिवारलाई कम्बल, तारपोलिन आदि राहत सामग्रीहरू वितरण गर्दै क्रमैले २५ हजार नगद आर्थिक सहयोग पनि प्रदान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *