• Thu. May 22nd, 2025 11:06:34 PM

विधायक लेप्चाको बयानप्रति गोरामुमोको आपत्ति
‘लेप्चाले माफी मागुन् होइन भने स्पष्टिकरण दिउन्’

Byadmin

Sep 11, 2021

कालेबुङका विधायक रूदेन सादा लेप्चाको बयानप्रति गोरामुमो खरसाङको आपत्ति। रूदेन लेप्चाले आफ्नो बयान फिर्ता लिनुपर्ने साथै सुवास घिसिङलाई किन बिर्सनु पर्छ यसको स्पष्टीकरण पनि दिनुपर्ने गोरामुमो नेता भुपेन गुरूङको भनाइ।

गत केही दिन अघि दार्जीलिङको जिमखाना हलमा सम्पन्न नयाँ समीकरणको नामकरण कार्यक्रममा कालेबुङका विधायक रूदेन सादा लेप्चाले सुवास घिसिङप्रति दिएको बयानलाई लिएर गोरामुमो खरसाङ ब्राञ्च कमिटीका प्रचार-प्रसार सचिव भुपेन गुरूङले प्रतिक्रिया व्यक्त गरेका छन्। सचिव गुरूङले रूदेन सादा लेप्चाको बयान, आचरण, विचार, हाउभाउ यी सबैलाई हेर्नु हो भने अहंकारले भरिएको अनि त्यही अहंकारमा चुर्लुम्म डुबेर मानसिक सन्तुलन पनि बिग्रिएजस्तो लागेको बताए। तिनले कार्यक्रममा उपस्थित रहेका बुद्धिजीवी, शिक्षित जमात, कलाकार, नाटककार, साहित्यकार सबैले विधायक लेप्चाको बयानलाई समीक्षा गर्ने बताउँदै जुन व्यक्तिले सुवास घिसिङलाई चिन्नसकेको छैन, केवल आलोचना मात्र गर्छ त्यस्ता व्यक्तिले के गोर्खा जाति र पहाड़लाई पार लगाउन सक्छ भन्दै प्रश्न पनि तेर्साए। तिनले रूदेन सादा लेप्चाको अनुहार केवल गोर्खा रहेको तर मन-मष्तिष्क बंगालबाद भइसकेको पनि बताए। सचिव गुरूङले रूदेन सादा लेप्चाले आफ्नो बयान फिर्ता लिनुपर्ने साथै माफी माग्नुपर्ने भन्दै सुवास घिसिङलाई किन बिर्सनु पर्छ यसको स्पष्टीकरण पनि दिनुपर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *