• Fri. May 17th, 2024

उत्तर बंगाल 37 वटा श्रमिक संगठनहरु हुने सामेल

Byadmin

Sep 11, 2021

चिया श्रमिकवर्गको निम्ति दार्जीलिङमा सम्पन्न हुने अधिवेशन। उत्तर बंगाल क्षेत्रभरिका 37 वटा श्रमिक संगठनहरु हुने सामेल। गोर्खा रंङमञ्च भवनमा जोइन्ड फोरमको तत्वधानमा अधिवेशन। चियाश्रमिकहरुका लागि मिनिमम वेजेस् एक्ट लागू गर्नुपर्ने विषयलाई लिएर जोइन्ड फोरमले आगामी 11 सेप्टेम्बरको दिन दार्जीलिङमा एक संगोष्टीको आयोजना गरिने तय गरेको छ। उत्तर बंगाल क्षेत्रभरिका 37 वटा श्रमिक संगठनहरुलाई सामेल गरेर आयोजना गरिने भएको यस संगोष्ठीको निम्ति गोजमुमो श्रमिक संगठन दार्जीलिङ तराई डुवर्स प्लानटेशन लेबर युनेनले विशेष सहयोग गरिरहेको संगठनका सचिव मिलन प्रधानले बताएका छन्।तिनले 2008 देखि दार्जीलिङ तराई डुवर्स प्लानटेशन लेबर युनेनले चियाबारीमा आश्रित श्रमिकहरुलाई पश्चिम बंगाल मिनीमम वेजेस् एक्टभित्र अन्तर्भुक्त गर्नुपर्छ भन्दै सरकारलाई दबाव दिदै आइरहेको बताए।सचिव प्रधानले अहिले 2021 मा सत्ताधारी सरकार अनि मालिकपक्षले पनि सकरात्मक कदम चलाइएको फलस्वरुप आगामी 11 सेप्टेम्बरको दिन एक संगोष्टीको आयोजना तय भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *