लखिमपुर हिंसा : सुप्रिम कोर्टले गर्नेछ सुनवाइ। दुइजना वकीलले गरेका थिए उच्च स्तरीय न्यायिक जाँचको माग। सीबीआई –लाई पनि यस जाँचमा सामेल गर्नका लागि कोर्टसमक्ष गरे अपील।
लखिमपुर हिंसा मामिलामाथि सुप्रिम कोर्टले बुधवार सुनवाइ शुरू गर्दैछ। दुइजना वकीलले पत्र लेखी किसानहरूको प्रदर्शनको क्रममा भएको हिंसामा चारजना किसानहरू समेत आठजना मानिसहरूको हत्या मामिलाको उच्च स्तरीय न्यायिक जाँचको माग गरेका थिए। वकीलले सीबीआई –लाई पनि यस जाँचमा सामेल गर्नका लागि कोर्टसमक्ष अपील गरेका छन्। सीजेआई एनवी रमण, जस्टिस सूर्यकान्त अनि जस्टिस हिमा कोहलीको पीठले यस याचिकामाथि सुनवाइ गर्नेछ। सुप्रिम कोर्टले यसअघि 8 अक्टोबरमा यूपी सरकारद्वारा उठाइएको कदममाथि असन्तुष्टि जताएको थियो।
उल्लेखनीय छ, लखिमपुर खीरी हिंसाको तीन दिनपछि बुधवार 6 अक्टोबरमा सुप्रीम कोर्टले मामिलामाथि स्वत: संज्ञान लिँदै बिहीबारको दिन सुनवाइ गरेको थियो।