रोमाञ्चक बन्दैछ इण्डियन प्रिमियर लीग। आज दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा मुम्बई इण्डियन- कोलकाता नाइटराइडर्सबिच हुनेछ भिड़न्त।
इण्डियन प्रीमियर लीगको 14वा सीजनको 34औ खेलमा मम्बई इण्डियन टीमको भिड़न्त कोलकाता नाइटराइडर्ससित हुनेछ। कोलकाता नाइटराइडर्स अनि मम्बई इण्डियन टीमबिच आइपीएलको 34 वां म्याच दुबईको दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा खेलिने छ। म्याचको टास भारतीय समयानुसार साझँ 7 बजी हुनेछ भने खेलको शुरू भारतीय समय साझँ 7.30 बजी हुने भएको छ। मम्बईको टीमलाई दोस्रो चरणको पहिलो म्याचमा पराजित भएका थिए भने कोलकाताले रोयल च्यालेञ्जर्स बैङलोरको विरूद्ध दमदार जीत दर्ता गरेका थिए। पछिल्लो म्याचमा मम्बई टीमको दुइ स्टार कप्तान रोहित शर्मा अनि अलराउण्डर हार्दिक पाण्ड्या खेलिएको थिएन।बिहिबार सम्पन्न हुने म्याचमा उनीहरू मैदानमा उत्रिने विषयमा कुनै स्पष्ट जानकारी अहिलेसम्म छैन।