• Sun. May 19th, 2024

राष्ट्रपतिसित कंग्रेसको प्रतिनिधि टोलीले गर्दैछ भेट, मामिलामा राष्ट्रपति हस्तक्षेपको माग गर्नसक्ने

Byadmin

Oct 13, 2021

लखीमपुर हिंसा मामिला सम्बन्धी आज राष्ट्रपति कोविन्दसित कंग्रेसको प्रतिनिधिमण्डलले गर्दैछ भेट। प्रतिनिधिमण्डलमा राहुल अनि प्रियंका गान्धी पनि हुनेछन् सामेल। यस मामिलामा राष्ट्रपतिले हस्तक्षेप गर्नुपर्ने माग पनि प्रतिनिधि मण्डलले गर्न सक्ने लगाइँदैछ अनुमान। यूपीको लखीमपुर खीरी जिल्लामा भएको घटनालाई लिएर कंग्रेसको एउटा प्रतिनिधि मण्डलले आज बुधबार देशका राष्ट्रपति रामनाथ कोविन्दसित भेटघाट गर्नेभएको छ। उक्त भेटघाटलाई लिएर कंग्रेस पूर्व अध्यक्ष राहुल गान्धी अनि यस मामिलामाथि सक्रिय देखिएकी प्रियंका गान्धीको पनि उपस्थिति रहनेछ। कंग्रेस पूर्व अध्यक्ष राहुल गान्धीको नेतृत्वमा यो प्रतिनिधि मण्डलले राष्ट्रपति कोविन्दसित भेट गर्दै लखीमपुर खीरी घटनासित संलग्न तथ्यहरूका साथ राष्ट्रपतिलाई एउटा ज्ञापन सुम्पिनेछ। प्रतिनिधि मण्डलले राष्ट्रपतिसित किसानहरूको मृत्युको मामिलामाथि पनि चर्चा गर्नेछ। राष्ट्रपति कोविन्दसित केन्द्रीय गृह राज्य मन्त्री अजय मिश्रालाई उनको पदबाट हटाउने पनि माग गर्नसक्ने बताइएको छ। यस मामिलामा राष्ट्रपतिले हस्तक्षेप गर्नुपर्ने माग पनि प्रतिनिधि मण्डलले गर्न सक्ने अनुमान लगाइँदैछ। उक्त प्रतिनिधि मण्डलमा राहुल गान्धी लगायत मल्लिकार्जुन खड़गे, वरिष्ठ नेता एके एन्टनी, गुलाम नबी आजाद, अधीर रञ्जन चौधरी, पार्टी महासचिव प्रियंका गान्धी अनि संगठन महासचिव केसी वेणुगोपालको सहभागिता रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *