• Sun. May 19th, 2024

राईमटाङका अमित लोहोराको प्रशंसनीय पहल-

Byadmin

Oct 20, 2021

राईमटाङ चियाबारीका आदिवासी युवा अमित लोहोराको प्रशंसनीय पहल। आदिवासी त्रयमासिक पत्रिका जोहार-को गरियो विमोचन। साहित्यिक अनि सांस्कृतिक पक्षलाई बलियो बनाउन पत्रिकाको अहम् भूमिका रहने कुरालाई आत्मसात गर्दै कालचिनी खण्डको राईमटाङ चियाबारी निवासी एकजना आदिवासी युवक अमित लोहोरा अघि आएका छन्। निकै लामो तयारी र लेखहरू सङ्कलन गरेपछि अन्ततः आज बुधवार एउटा त्रयमासिक पत्रिका जोहारको विमोचन गरिएको अमित लोहोराले बताए। आदिवासी सादरी त्रयमासिक पत्रिका जोहार-को विमोचन समारोहमा प्रमुख अतिथिको रुपमा सन्त बाबा नाइक, साधुलाल तिर्की, ओम लोहोरा, रामकुमार राणा, प्रकाश कुजूर, जोहार पत्रिकाका प्रमुख सम्पादक प्रशान्त लोहोरा, फागुराम चिक बड़ाइक, आदिवासी सादान महासभाबाट हरि कुजूर, डा. कमल कुजूर लगायत अन्यान्य आदिवासी समाजसेवीहरुको उपस्थिति थियो। जोहार त्रयमासिक पत्रिकाको विमोचन मुख्य सम्पादक प्रशान्त लोहोरा लगायत उपस्थित अतिथिहरुको बाहुलीबाट गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *