• Fri. May 17th, 2024

माल अग्निशमन विभागद्वारा प्रशिक्षण शिविर, आगलागीबाट बच्ने उपायमाथि गाउँलेलाई दिइयो प्रशिक्षण

Byadmin

Oct 1, 2021

माल चार वन बस्तीमा अग्निशमन विभागद्वारा प्रशिक्षण। आगलागीका घटनामा के-कस्ता उपायहरू अप्नाउन सकिन्छ, सोबारे विभागका अधिकारीहरूले दिए गाउँलेलाई प्रशिक्षण।

बिहीबार माल ४ वन बस्तीमा मालबजार अग्निशमन विभागका पदाधिकारीहरुले गाउँलेहरुलाई आगलागी घटनाबाट बँच्न के-कस्ता उपायहरू अप्नाउन सकिन्छ भन्ने विषयमाथि प्रशिक्षण दिए। एलपीजी ग्यासबाट हुने आगलागी, सर्टसर्किटबाट हुने आगलागी, डिजेल पेट्रोलबाट हुने आगलागीबाट कसरी बँच्न सकिन्छ भन्ने विषयमा डेमो दिएर बुझाउने कार्य गरियो। आगलागी कसरी हुन्छ? भन्ने विषयमा पनि बताइयो।
विशेषगरी, गाउँलेहरुको सत्-प्रयासमा यो जानकारीमूलक कार्यक्रम सम्पन्न भएको हो भनी मनकुमार सुब्बाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *