मध्य प्रदेशमा सड़क दुर्घटना। बस अनि डम्पर ठोक्किँदा सातजनाको गयो ज्यान, 13 जना घाइते।
मध्यप्रदेशको भिण्ड जिल्लमा बस अनि डम्पर ठोक्किँदा सातजना मानिसहरूको मृत्यु भयो भने अन्य 13 जना घाइते बनेका छन्। शुक्रबार बिहान नेशनल हाईवेमा यात्रीवाहक बस डम्परसित ठोकिन्न पुग्दा उक्त दुर्घटना हुनपुग्यो। दुर्घटना गोहद चौराहा थाना क्षेत्रको डाग बिरखड़ीको नजिक भएको हो।
दुर्घटनाग्रस्त बस ग्वालियरदेखि बरेलीतर्फ गइरहेको थियो। दुर्घटनाका मृतकहरूलाई वर्तमान चिन्हित गर्न सकिएको छैन।
पुलिस अधीक्षक (एसपी) मनोज सिंहले विरखड़ी गाउँ नजिक बस अनि डम्पर ठोक्किँदा सातजना यात्रीहरूको मृत्यु भएको अनि 13 जना घाइते भएकोमध्ये चारजनाको अवस्था गम्भीर रहेको जनाउँदै उनीहरूलाई ग्वालियर रेफर गरिएको बताए।