जम्मू-कश्मीरको पूँछमा सुरक्षाबल अनि आतंकवादीबिच भयो भिड़न्त। गोलीकाण्डमा तीन जवानसमेत एकजना आतंकवादी भए घाइते। जम्मू-कश्मीरको पूँछमा सुरक्षाबल अनि आतंकवादीबिच भएको भिड़न्तममा जम्मू-कश्मीर पुलिसका दुइजना अनि सेनाको एकजना जवान घाइते भए भने अर्कोतिर एकजना आतंकवादी पनि घाइते भएको खबर छ। घाइते जवानहरूलाई अस्पतालमा भर्ती गरिएको छ। जानकारी अनुसार, आइतबार जम्मू-कश्मीरको पूँछ जिल्लाको भाटा दुरियाँ वन क्षेत्रमा सुरक्षाबल अनि आतंकवादीबिच भिड़न्त भएको थियो। सुरक्षाबलले आतंकवादीहरूलाई घेराबन्दी हालेपछि दुवै तर्फबाट गोलीबारी शुरू भयो। सुरक्षाबलको टीम खोजी अभियानको क्रममा जब आतंकवादीहरू भए ठाउँ नजिक पुग्यो, सोही समय आतंकवादीहरूले पुलिस अनि सेनाका जवानहरूमाथि गोलीबारी शुरू गरे। उक्त गोली काण्डमा दुइ पुलिसकर्मी अनि सेनाका एकजना जवान घाइते भए। जम्मू-कश्मीर पुलिसले जनाए अनुसार, लश्कर-ए-तोयबाको पाकिस्तानी आतंकवादी जिया मुस्तफा घाइते भएको छ।