बंगलादेशमा दुर्गा पूजा पण्डालहरूमा सामप्रादायिक हमला ,दुर्गा माताको प्रतिमामा आगो लगाउने जस्ता घटनाको प्रतिवाद। मन्दिरमा तोड़फोड़, साधु सन्तहरूमाथि हमला तथा हत्याको प्रतिवादमा भाजपाको तर्फबाट सिलगढ़ीमा निकाल्यो धिक्कार ऱ्याली। बंगलादेशको घटनालाई लिएर सिलगढ़ीमा पनि प्रदर्शनको दौड़ जारी रहेको छ। उक्त घटनालाई लिएर पहिले विश्व हिन्दु परिषदको साथ हिन्दु संगठनहरूले सड़कमा उत्रिएर विरोध जनाए।आज बिहिबार भाजपाले पनि विरोध प्रदर्शन गरे। सिलगढ़ी सांगठनिक जिल्ला भाजपा कार्यकर्ताहरूले बंगलादेशमा दुर्गा माताको प्रतिमा पण्डालमा भएको तोड़फोड़को साथ साथै साधु सन्तहरूमाथि हमला तथा हत्या गर्नेहरूमाथि कार्वाही गर्ने मागमा आज भेनसमोड़देखि एक धिक्कार ऱ्याली निकालेका थिए।उक्त धिक्कार ऱ्याली सेवकमोड़, एयरभ्यू मोड़ हुदै पुन: भेनसमोड़मा आइपुगी समापन भएको थियो। भाजपा सांगठनिक जिल्लाका नवनियुक्त संयोजक तथा मतिगढ़ा-नक्सलबाढ़ी विधायक आनन्दमय वर्मनले बंगलादेशमा केही विशेष वर्गले हिन्दुहरूमाथि आक्रमण गरिरहेको छ साथै दुर्गा माताको प्रतिमा एंव पण्डालहरूमा आगो लगाइरहेको जनाए।विधायक वर्मनले साधु-सन्तहरूको हत्या गरिरहेको घटनाको विरोध गर्दै उक्त धिक्कार ऱ्याली निकालेको जनाए।