भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा रङ्बुल-धोत्रे जोन समितिले गऱ्यो पोस्टरिङ। रङ्गबुल बजारदेखि धोत्रे इलाकासम्म गरिएको पोस्टरिङमा क्षेत्रका विभिन्न मुद्दाहरूको उल्लेख। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा रङ्गबुल अधीनस्थ रङ्बुल धोत्रे जोन समितिले बुधबार स्थानीय मुद्दाहरुलाई लिएर रङ्गबुल बजारदेखि धोत्रे इलाकासम्म व्यापक पोस्टरिङ्ग गरेको छ। वर्षौदेखि बन्द रहेको धोत्रे कलेजभेल्ली चियाबगान झट्टभन्दा झट्ट खोलाउनुपर्ने, दशैंको मुखमा अन्य कमानका श्रमिकहरूले बोनस पाउँछन् भने बन्द चियाबारीको निम्ति सरकारद्वारा अनुमोदन गरिएको फौलाइको रकम पनि आगामी सप्ताहभित्र दिइने भनिएको रकम झट्ट दिइनुपर्ने आदि माग पनि पोस्टरमा गरिएको छ।