फेरि चुँड़ियो राष्ट्रिय राजमार्ग 10, बिक्रडाँड़ा नजीक पैह्रोले सोहोरेर लग्यो सड़क। यातायात ठप्प। सिक्किम अनि कालेबुङका वाहनहरू टिस्टा, पेशोक हुँदै खरसाङ भएर आउँदैछन् सिलगढ़ीतर्फ। राष्ट्रिय राजमार्ग 10 अन्तर्गत ब्रिकड़ाँडा नजिक सड़क पैह्रोले चुँड़ाएको कारण सिलगढ़ीदेखि कालेबुङ, सिक्किम लगायत अन्य ठाँउहरूसित यातायत विच्छिन्न बनेको छ। लगातार परेको पानीले पहाड़ लगायत तराई क्षेत्रलाई पनि प्रभाव पारेको छ। गत राति हाइवे 10 -मा यातायत केही घण्टासम्म ठप्प रहेको थियो तर पुन: उक्त मार्गलाई सुचारू गरिने कोशिश गरिएको थियो। यसरी सड़क मार्ग खुल्ला रहेको समय जाममा फँसेका केही वाहनहरू आफ्नो गणतव्यतर्फ प्रस्थान गरेका थिए। ब्रिकड़ाँडा नजिकमा अबेर राति पैह्रोले तल्लो भागबाट सड़क मार्गलाई तानेर लगेपछि पुन: राष्ट्रिय राजमार्ग पूर्णरुपमा ठप्प बन्नपुग्यो। यसरी हाइवे 10 -मा यातायत बाधित बनेपछि वाहन चालकवर्गलाई धेरै समय खर्चिँदै सिक्किम अनि कालेबुङका वाहनहरू टिस्टा, पेशोक हुँदै खरसाङ भएर सिलगढ़ीतर्फ आइरहेका छन्।