• Wed. May 1st, 2024

पैह्रोले लेप्चा गाउँमा वाहनसितै अलैंची खेती नष्ट

Byadmin

Oct 24, 2021

कालेबुङ ३८ नम्बर समष्टि अन्तर्गत कागे ग्राम पञ्चायतको लेप्चा गाउँमा कमान्डर वाहनसहित अलैंची खेतीलाई पुऱ्यायो पैह्रोले क्षति। पैह्रोले कमाइ खाने वाहन, घर अनि खेतीसँगै जमिन क्षतिग्रस्त बनाइदिएपछि विचल्लीमा परेका छन् विद्ध लेप्चा। गत १९ अक्टोम्बरको दिन परेको अविरल वर्षाको कारण कालेबुङ ३८ नम्बर समष्टि अन्तर्गत कागे ग्राम पञ्चायतस्थित लेप्चा गाउँ, लदाम निवासी 49 वर्षीया विद्ध लेप्चाको कमान्डर वाहन राखिएको ठाउँबाट रेसी खोलाले बगाएर 3 सय मीटर तल पुऱ्याउँदा वाहन पूर्ण रूपले क्षतिग्रस्त भयो। उक्त यात्री वाहन कमाण्डर मानिसहरूलाई लिएर लेप्चा गाउँदेखि सिक्किम, लाभा, अलगडा-पेदोङ जाने गर्थ्यो। सोही रात यता लेप्चाकै घरछेउबाट पैह्रो जाँदा घर तान्ने खतरा बढ़ेको छ भने उनको अलैंची खेतीको जमीनमा पनि पैह्रो गएको कारण सम्पूर्ण खेती अनि जमीन क्षतिग्रस्त भएको छ। पैह्रोले आफ्नो कमाइ खाने वाहन, घर अनि खेतीसँगै जमिन क्षतिग्रस्त बनाइदिएपछि लेप्चा विचल्लीमा परेको गुनासो पोख्छन्। लेप्चाले आफ्नो क्षतिप्रति सम्बन्धित विभाग तथा पार्टी पक्षबाट सहयोगको आशा राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *