पेगासस जासूस काण्ड : स्वतन्त्र जाँचको याचिकामाथि सुप्रीम कोर्टमा आज हुनेछ निर्णय। सुप्रीम कोर्टले सोमवार पेगासस जासूसी मामिलामाथि स्वतन्त्र जाँचलाई लिएर निर्णय सुनाउँन सक्ने छन्। इस्राइली सॉफ्टवेयरबाट देशको केही मानिसहरुको फोनको माध्यमद्वारा जासजुसको आरोप गलाएको थियो। संसद मानसून सत्रको क्रममा उक्त मामिला वृहतरुपमा अघाड़ी आएका थिए। प्रधान न्यायाधीश एनवी रमणको अध्यक्षता पीठले सात सेप्टेम्बरमा मामिलाको निर्णय सुनाएका थिए। त्यस दिन सॉलिसीटर जनरल तुषार मेहताले यस मामिलालाई लिएर दर्ता गरिएको केही याचिकाहरुमाथि सरकारलाई जवाब दिनको निम्ति केही समय मागेका थिए। मेहताले सरकारको तर्फबाट अर्को हलफनामा दर्ता गर्नको निम्ति तिनी केही कठिनाइहरुको कारण सम्बन्धित अधिकारीहरुसित भेटघाट गर्न नसक्ने बताए। यसभन्दा अघि केन्द्र सरकारले एउटा हलफनामा दर्ता गर्दै भनेका थिए कि पेगासस जासजुसी मामिलामा स्वतन्त्र जाँचको माग गर्ने याचिकाहरु अनुमान वा निराधार मीडिया रिपोर्ट तथा अपुष्ट जानकारीमाथि आधारित रहेको बताएका थिए। शीर्ष अदालतले 17 अगस्तको दिन याचिकाहरुमा केन्द्रलाई नोटिस जारी गरी स्पष्ट गरिएको थियो कि सरकार राष्ट्रीय सुरक्षासित समझौता गर्ने कुनै पनि कुरालाई खुलासा गरोस्। आफ्नो संक्षिप्त हलफनामामा केन्द्र सरकारले भनेका थिए कि यस मामिलामा संसदमा आईटी मन्त्री अश्विनी वैष्णवले पहिले नै सरकारको स्थिति स्पष्ट गरिसकेको छ।