• Fri. May 17th, 2024

पाँच आरोपी दिल्ली पुलिसको हातमा

Byadmin

Nov 19, 2021

दिल्लीको जंगपुरामा दार्जीलिङका दुइ युवतीहरुको निर्मम हत्याकाण्ड भएको तीन दिनपछि दिल्ली पुलिसको सक्रिय पहलमा पाँचजनालाई पक्राउ गरिएको छ। घटनाको सिसिटीभी फुटेज प्राप्त भएपछि सोही फुटेजको आधारमा आरोपीहरूलाई दिल्ली पुलिसले पक्राउ गर्न सफल बन्यो। पक्रा परेका पाँच आरोपीहरूमा प्रशान्त, अंकित, रमेश अनि धनञ्जयको रूपमा पुलिसले चिन्हित गरेको छ। गत सोमवार बिहान उक्त दुइ युवतीहरूको निर्मम हत्या गरिएको घटना प्रकाशमा आएको थियो। घटनाको छानबीनमा लागिपरेको दिल्ली पुलिसले तीन दिनपछि अन्तत आरोपीहरूलाई समात्न सफल बन्यो। उल्लेखनीय छ, चन्द्रमान गाउँ मिरिक थर्बु निवासी पैंतीस वर्षीय मिना राई अनि पोख्रेबुङ्ग मङ्गरजुङ चियाबगानकी ४० वर्षीय सुजला गुरुङ (प्रधान)-लाई सोमबार बिहान दक्षिणपूर्वी दिल्लीको जंगपुरा एक्स्टेन्सनमा रहेको आफ्नो मालिकको घरमा मृत अवस्थामा पुलिसले फेला पारेको थियो। गत जून महिनामा कामदारको रूपमा काम गर्न थालेका ती दुइ महिला उक्त घरको स्टाफ क्वार्टरमा बस्दै आइरहेका थिए। मृतकका शरीरमा कुनै चोटपटकको निशान नरहेको हुनाले पोस्टमोर्टमपछि मात्र मृत्युको कारण स्प्ष्ट हुनसक्ने दिल्ली पुलिसले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *