• Sun. May 11th, 2025

पश्चिम बंगाल प्रदेश अध्यक्ष बने डा. सुकान्त मजुमदार, दिलीपलाई दिइयो भाजपाको राष्ट्रिय उपाध्यक्ष पद

Byadmin

Sep 22, 2021

भाजपा केन्द्रिय दलले गऱ्यो प्रदेश अध्यक्ष पदमा फेरबदल। पश्चिम बंगाल प्रदेश अध्यक्ष बने डा. सुकान्त मजुमदार। दिलीप घोषलाई दिइयो भाजपाको राष्ट्रिय उपाध्यक्ष पद।

पश्चिम बंगाल भाजपा प्रदेशका अध्यक्ष डा. सुकान्त मजुमदार बनेका छन्। तिनी बालुरघाटका सांसद पनि हुन्। उनलाई बंगाल भाजपाका अध्यक्ष पदमा नियुक्त गरिएको हो। राष्ट्रिय महासचिव एवं मुख्यालय प्रभारी अरुण सिंहद्वारा जारी सङ्गठनात्मक नियुक्ति-पत्रमा भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष जगत् प्रकाश नड्डाले मंगलबार डा. सुकान्त मजुमदारलाई पश्चिम बंगाल भारतीय जनता पार्टीका प्रदेश अध्यक्ष नियुक्त गरे।
अर्कोतिर निवर्तमान अध्यक्ष दिलीप घोषलाई भाजपाका राष्ट्रिय उपाध्यक्ष पदमा नियुक्त गरिएको छ।
यसैबिच, मजुमदारलाई बधाई दिँदै दिलीप घोषले भने, पश्चिम बंगालमा संगठनलाई अघि लैजानका लागि राज्य इकाइलाई नयाँ ऊर्जाको आवश्यक थियो। घोषले आफ्नो नयाँ भूमिकाका लागि केन्द्रिय नेतृत्वलाई धन्यवाद पनि दिए।
अर्कोतिर, भाजपा प्रदेश स्तरमा भएको फेरबदलमाथि तृणमूल कंग्रेस सांसद सौगत रायले दिलीप घोष मिहिनेती व्यक्ति हुन् तर उनको बोलीमा लगाम छैन भन्दै भाजपा प्रदेश अध्यक्ष परिवर्तन हुनसक्छ तर त्यसले पार्टीलाई कुनै लाभ हुने नहुने मन्तव्य पोखे। बंगालमा भाजपा डुब्दैगरेको नाउ हो भनी रायले व्यंग्य कसे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *