• Sat. May 10th, 2025

पञ्जीकृत क्लबहरूलाई 50 हजारको चेक प्रदान

Byadmin

Oct 8, 2021

पञ्जीकृत क्लबहरूलाई 50 हजारको चेक प्रदान। कालचिनी थाना अन्तर्गतका 51 वटा क्लब तथा पूजा कमिटीहरूले पाए चेक। कालचिनी थाना प्रभारीद्वारा वितरण गरियो चेक। कालचिनी थाना अन्तर्गत पर्ने प्रायः 51 वटा क्लब तथा पूजा कमिटीहरुलाई आज बिहीवार कालचिनी थाना प्रभारी अनिर्बान मजुमदारको बाहुलीबाट राज्य सरकारद्वारा प्रदत्त दुर्गा पूजाको रकम स्वरूप 50 हजारको चेक प्रदान गरियो। उक्त चेक प्राप्त गर्ने पूजा कमिटीका सदस्यहरुले मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणाले यो चेक पाएको र कोरोनाकालको अवस्थामा पूजा कमिटीले बाहिरबाट चन्दा सङ्ग्रह गर्न असमर्थ भइरहेको स्थितिमा राज्य सरकारद्वारा प्रदान गरिएको चेकले क्लब तथा पूजा कमिटीहरुलाई धेरै सजिलो भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *