• Sun. May 19th, 2024

दुइजना बंगलादेशी नागरिकहरू पक्राउ

Byadmin

Oct 19, 2021

दुइजना बंगलादेशी नागरिक पक्राउ। अलिपुरद्वार 2 नम्बर ब्लकको चण्डीरझार सालबारी क्षेत्रबाट गरियो पक्राउ। यसअघि अनुप्रवेशकारीकै ठूला दाजु भारत आएर आफ्नो नागरिकता बनाएको पुलिससित थियो जानकारी। अनुप्रवेशकारीहरूलाई पुलिसले गर्दैछ केरकार। आइतवार राति प्रायः 11 बजीतिर एउटा गोप्य सूचनाको आधारमा अलिपुरद्वार 2 नम्बर ब्लकको चण्डीरझार सालबारी क्षेत्रबाट दुइजना बंगलादेशी अनुप्रवेशकारीलाई अलिपुरद्वार आइसी अनिन्द्या भट्टाचार्यको नेतृत्वमा पक्राउ गरियो। पुलिस सूत्रले जनाए अनुसार उक्त दुइजना अनुप्रवेशकारीहरू बंगलादेशको लालबनिरहाट जिल्लाको सापटीबाड़ी कुमारटारीका बासिन्दा हुन्। यिनीहरूलाई जय बर्मन र बांगला बर्मनको रुपमा चिन्हित गरिएको छ। यिनीहरु गत 10 दिनअघि अवैध रूपमा च्याङराबन्धा सीमान्त क्षेत्र हुँदै भारततर्फ अनुप्रवेश गरी अलिपुरद्वार 2 नम्बर ब्लकको चण्डीरझार सालबारी क्षेत्रको मञ्जन बर्मन नामक व्यक्तिका घर आइपुगेका थिए। धेरै दिन अघि पनि अनुप्रवेशकारीको ठूलो दाजु भारत बर्मन सोही तरीकाले आएर आफ्नो नागरिकता बनाएको जानकारी पुलिसलाई दिइएको थियो। पक्रा परेका दुवै बंगलादेशी अनुप्रवेशकारीहरूलाई पुलिसको एन्टी क्राइम टीमले केरकार गरिरहेछ। उल्लेखनीय छ, विशेषगरी पश्चिम बंगाल राज्यसित जोडिएको भारत-बंगलादेश सीमाबाट विगत दिनहरूमा पनि धेरै संख्यामा अनुप्रवेशका घटनाहरू नभएका होइनन्। पुलिस साथै एसएसबी-को कड़ा नजरबिच पनि यसरी अनुप्रवेशको घटनाले प्रशासनलाई चिन्तामा पारिदिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *