तृणमूल कंग्रेस प्रदेश युवा अध्यक्ष सायनी घोष कोचबिहारतर्फ प्रस्थान। बाघडुग्रा विमानस्थलमा गरे पार्टी कार्यकर्ताहरूले घोषलाई भव्य स्वागत। कोचबिहारको दिनहाटामा सम्पन्न हुने उप-चुनाउको प्रचारमा निस्किएकी तृणमूल कंग्रेस पार्टीकी प्रदेश युवा अध्यक्ष सायनी घोष आज शनिवार बाघडुग्रा विमानस्थलमा आइपुगिन्। तिनलाई बाघडुग्रा विमानस्थलमा पार्टी कार्यकर्ताहरूले भव्य रुपमा स्वागत जनाए। एउटा कर्मीसभा गर्ने आफूले सोचे पनि तर आफूले उप-चुनाउबाट कार्य शुरू गर्न परिरहेको बताइन्। तिनले आफूलाई पश्चिम बंगालका मानिसहरूको स्नेह प्राप्त भइरेहको तथा यदि उत्तर बंगालका मानिसहरूको माया पाए आउने दिनमा पनि विकासको प्रवृत्ति जारी रहने बताइन्।