छुटपुटका केही घटनाहरूबिच पश्चिम बंगालको तीनवटै सीमा सम्पन्न भयो उपचुनाउ। भवानीपुरमा 53 प्रतिशत मतदान, जंगीपुरमा 76.12 प्रतिशत अनि समशेरगञ्जमा 78.60 प्रतिशत भयो मतदान। भवानीपुरमा भाजपा अनि टीएमसी समर्थकबिच भिड़न्त। भाजपाले लगायो तृणमूलमाथि धाँधली र भोट किन्नखोजेको आरोप। भाजपा नेता कल्याण चौबेको गाड़ीमा आक्रमण, टीएमसीमाथि लगाइयो आरोप।
पश्चिम बंगालको तीनवटा सीटहरूका लागि उपचुनाउ बिहीवार सम्पन्न भयो। साँझ पाँच बजीसम्ममा भवानीपुरमा 53.32 प्रतिशत, जांगीपुरमा 76.12 प्रतिशत और समशेरगञ्जमा 78.60 प्रतिशत मतदान भयो। नन्दीग्राममा भाजपा उम्मेदवार शुभेन्दु अधिकारीबाट चुनाव हारेकी मुख्यमन्त्री ममता ब्यानर्जीले भवानीपुरबाट उपचुनाउ लड़िन्। उनको प्रतिपक्षीका रूपमा भाजपाकी प्रियंका टिबरेवाल अनि माकपाका श्रीजीब विश्वासले चुनाउ लड़े।
अर्कोतिर, अप्रेल-मईमा भएको विधानसभा चुनाउ अवधिमा दुइ प्रत्याशीहरूको मृत्यु भएको थियो, जसको कारण समशेरगञ्ज और जांगीपुर सीटमा चुनाउ रद्द गरिएको थियो भने भवानीपुरसितै यी दुइ स्थानमा पनि उपचुनाउ बिहीवार सम्पन्न भयो। मतदान साँझ 6 बजीसम्म जारी रह्यो।
उल्लेखनीय छ, यी तीन विधानसभा क्षेत्रहरूमा मोठ 6,97,164 मतदाताहरू पञ्जीकृत छन्।
यसैबिच, भवानीपुरमा उपचुनाव अवधि भाजपा अनि तृणमूल कांग्रेस समर्थकहरूमाझ भिड़न्त भएको खबर प्रकाशमा आयो। भाजपा नेता कल्याण चौबेको गाड़ी तोड़फोड़ गरिने काम भयो। उक्त काण्ड टीएमसी कार्यकर्ताहरूले गरेको अनि भाजपा पार्टीका पुलिङ एजेन्टहरूलाई कतिपय मतदान केन्द्रहरूभित्र पस्नै नदिएको आरोपसमेत भाजपाले लगाएको छ।
अर्कोतिर, भाजपा प्रार्थी प्रियंका टिबरेवालले तृणमूलमाथि धाँधली र भोट किन्नखोजेको आरोप लगाइन्।