गंगुटिया चियाबारीमा एक श्रमिकको घरमा लाग्यो आगो। आगो निभाउन सफल भए पनि राम बड़ाइकको जेथा सम्पत्ति जलेर स्वाहा। शनिवार अपरान्ह समय घरमा कोही नभएको बेला केही कारणवश गङ्गुटिया चियाबारीको एकजना गरीब श्रमिक राम बड़ाइकको आधा पक्की घरमा अचानक आगो लाग्यो। आगो लागेको बेला घरमा परिवारका सदस्यहरु नरहेकोले छिमेकीहरूले बोरिङको पानी पाइप खोलेर द्रुत गतिमा आगो निभाउने काम गरे। तथापि, आगो निभाउन सफल बने पनि राम बड़ाइकको घरभित्रका जेथा सम्पत्ति सबै जलेर स्वाहा भए। आगो लागेको खबर पाएर छिमेकीहरु सबै पुग्दा आगो नियन्त्रणमा आइसकेको बताउँदै स्थानीय आदिवासी समाजसेवी विमल नागले यो राम बड़ाइक एकदमै गरीब रहेको र उसको घरमा आज अचानक आगो लाग्दा आधासह्रो घर डढ़ेको र लता कपड़ा सबै जलेको बताए। यता, घटनाको जानकारी पाएर गारोपाड़ा ग्राम पञ्चायतका प्रधान बिन्दिया लामा निरीक्षणमा पुगेकी थिइन् भने तिनले ग्राम पञ्चायत स्तरबाट जे-जस्तो सहयोग गर्न सकिन्छ, सो गरिने बताइन्।