• Sat. May 10th, 2025

खरसाङमा महकुमास्तरीय गर्ल्स फुटबल टुर्नामेन्टको आरम्भ

Byadmin

Sep 11, 2021

खरसाङ फुटबल एसोसिएशनको आयोजनामा खरसाङ महकुमा स्तरीय गर्ल्स फुटबल टुर्नामेन्टको भयो आरम्भ । पहिलो दिनमा भयो महकुमा अधिनस्त तीनवटा म्याच समपन्न। गर्ल्स फुटबल खेलाड़ीहरू र महिला सशक्तीकरणको लागि खरसाङ फुटबल एसोसिएशनको आयोजनामा खरसाङको मन्टिभियट खेल मैदानमा शुरु भएको महिला फुटबल टुर्नामेन्टको उदघाटनीय खेल सिविटार र टुंहमाझ भिड़न्त भयो। उक्त गर्ल्स फुटबल उदघाटन खेलमा अतिथिहरूको रुपमा पनि विभिन्न क्षेत्रहरूमा योगदान पुऱ्याएका महिलाहरूलाई निम्ताइएको थियो। उदघाटनीय खेलमा सिविटारले टुंगलाई 2-0 को अन्तरले जितेर दोस्रो चरणमा प्रवेस गरेको छ। उक्त खेलमा दुई गोल गर्ने सिविटारको अनिशा तामाङ प्लेयर अफ् द म्याज चयन भइन्। त्यसरी नै दोस्रो खेल बुङकुलुङ र बगैंचाटार बालासनमाझ सम्पन्न भयो। यस खेलमा बुङकुलुङले 3-2 को अन्तरले विजय हासिल गरी दोस्रो चरणमा प्रवेस गरेको छ। खेलमा बगैंचाटारको 10 नम्बर खेलाड़ी अन्सु राई प्लेयर अफ् द म्याज चयन भइन् । टुर्नामेन्टको तेस्रो खेल तीनधारे र कटलेरी खरसाङमाझ सम्पन्न भयो जसमा तीनधारे 8-0 अन्तरले बिजय भए। गर्ल्स फुटबल टुर्नामेन्टको उदघाटन खेल विषयमा टुर्नामेन्टको संयोजक दावा दोर्जे रुम्बा उर्फ शेषमणि रुम्बाले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *