कालेबुङ गोजमुमो पार्टीका नेतृत्व बीरेन भूजेलले छोड़े विमल गुरूङको साथ। प्रेस विज्ञप्तिद्वारा पार्टीबाट राजीनामा दिएको जानकारी।
कालेबुङका पूर्व सभासद् तथा गोजमुमो पार्टीका कालेबुङ नेतृत्व वरुण भूजेलका भाइ बीरेन भूजेलले पार्टीबाट राजीनामा दिएको खबर सामाजिक सञ्जाल मार्फत् प्रकाशमा आएको छ। तिनले 13 वर्षसम्म पार्टीमा रहेर शनिबार गान्धी जयन्तीको दिन गोर्खा जनमुक्ति मोर्चाको साधारण सदस्यताबाट पनि राजीनामा दिएको जनाएका छन्। तिनले अब उप्रान्त आफू अनि परिवारको कुनै सम्बन्ध गोर्खा जनमुक्ति मोर्चासित नरहेको पनि विज्ञप्तिमा बताएका छन्। पार्टीमा पोस्ट, पावर अनि पैसा नहेरी जीवनको १३ वर्ष पार्टीलाई दिएको उल्लेख गर्दै आफू सदैव पार्टीको केही नेतृत्वको निम्ति बाधा भएको अनुभव भएको र पार्टीको कार्य गर्नदेखि बाधित तथा खुल्ला रूपमा अघि आउन नदिएको पनि तिनले उल्लेख गरेका छन्। पार्टी व्यक्तिविशेषको भएको पनि विज्ञप्तिमा बताएका छन्।
कालेबुङ मोर्चा नेतृत्व बीरेन भूजेलले दिए राजीनामा, राजीनामा दिएको सामाजिक सञ्जालमा सार्वजनिक
