• Sat. May 10th, 2025

कंग्रेस पार्टी भयो सतर्क:पार्टीको मेम्बरशीप फारममा गऱ्यो परिवर्तन

Byadmin

Oct 25, 2021

विद्रोह गर्ने नेताहरूदेखि सतर्क भयो कंग्रेस: पार्टीको मेम्बरशीप फारममा गऱ्यो परिवर्तन। सार्वजनिक मञ्चमा आलोचना नगर्ने दिनुपर्नेछ अब हलफनामा। सार्वजनिक मञ्चबाट आफ्नै पार्टीको आलोचना गर्ने जी-23 नेताहरूदेखि कांग्रेस सावधान भएको छ। पार्टीको तर्फबाट एक नोभेम्बरदेखि शुरू हुने सदस्यता अभियानलाई लिएर मेम्बरशीप फारममा केही परिवर्तन गरिएको छ। जस अन्तर्गत पार्टीले दश बिन्दुहरूको उल्लेख गरेको छ। जसमा एउटा शर्त यो पनि रहेको छ कि सदस्यता लिने व्यक्तिले हलफनामा दिनु पर्नेछ कि उनी पार्टीको नीतिहरू अनि निर्णयहरूको आलोचना सार्वजनिक रुपमा गर्ने छैन। यस लगायत यी शर्त पनि राखेको छ कि सदस्यता लिने कुनै पनि व्यक्ति कानूनी सीमादेखि अधिक सम्पत्ति कदापि राख्ने छैन। कंग्रेसको मेम्बरशीप फारममा स्पष्ट रुपमा लेखिएको छ कि – ‘म धर्मनिरपेक्षता, समाजवाद नि लोकतन्त्रको सिद्धान्तहरूलाई बढ़ावा दिनेको लागि सदस्यता ग्रहण गर्नेछु। म प्रत्यक्ष या अप्रत्यक्ष रूपमा खुल्लारुपमा कुनै प्रकारको पार्टी मञ्चहरूबाट पार्टीको स्वीकृत नीतिहरू अनि कार्यक्रमहरूको आलोचना गर्ने छोइन भनी पार्टीको सदस्य़ता फारममा उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *