• Sun. May 11th, 2025

एसएफपीबी-की अध्यक्षले भेटिन् केन्द्रिय मन्त्रीलाई, दिइन् सिक्किम फिल्म फेस्टिबलमा आउने निम्तो

Byadmin

Sep 30, 2021

सिक्किम फिल्म प्रमोशन बोर्डकी अध्यक्ष पूजा शर्माले भेटिन् केन्द्रीय पर्यटन मन्त्री जी. किशन रेड्डीलाई। दिइन् सिक्किम ग्लोबल फिल्म फेस्टिबलमा आउने निम्तो। निम्तोलाई स्वीकार्दै सिक्किमलाई हरसम्भव सहयोग गर्ने केन्द्रिय मन्त्रीले दिए आश्वासन।

सिक्किम फिल्म प्रमोशन बोर्डकी अध्यक्ष पूजा शर्माले बुधबार केन्द्रीय पर्यटन अनि डोनर मन्त्री जी. किशन रेड्डीलाई नयाँ दिल्लीस्थित उनको कार्यालयमा भेटवार्ता गरिन्। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामङको तर्फबाट अध्यक्ष पूजा शर्माले 10 दिसम्बर 2021 मा मुख्य अतिथिको रुपमा सिक्किम ग्लोबल फिल्म फेस्टिबलको दोस्रो संस्करणमा भाग लिनको निम्ति केन्द्रीय मन्त्रीलाई निमन्त्रणा दिइन्। शर्माले मन्त्रीलाई दक्षिण सिक्किमको याङगाङमा प्रस्तावित इको-हेरिटेज फिल्म भिलेज सम्बन्धमा पनि अवगत गराइन्। तिनले मन्त्रीलाई “सिक्किममा 100 फिल्म शूटिङ्ग गन्तव्य” शीर्षक नामक सूची पनि प्रस्तुत गरिन्। मन्त्रीले निमन्त्रणालाई स्वीकार गर्दै सिक्किमको प्रशंसा पनि गरे। मन्त्री रेड्डीले सिक्किममा फिल्म पर्यटनको विकास अनि प्रचारको निम्ति हरसम्भव सहयोग गर्ने आश्वासनसमेत दिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *