• Wed. May 15th, 2024

अनित थापाको नयाँ समीकरण आजदेखि शुरू

Byadmin

Sep 9, 2021

अनित थापाको नयाँ समीकरण आजदेखि शुरू
दार्जीलिङको जिमखाना हलमा सम्पन्न भव्यताको साथ कार्यक्रम
नयाँ समीकरण नयाँ पार्टीमा भयो परिणत
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीको गरियो नामकरण
नयाँ समीकरणमा देखियो जापका नेता अमर लामालाई
नयाँ पार्टीले जनताको कुन कुन मुद्दाहरुलाई बोक्ने छ? यो आगमी दिनहरुमा देख्न पाइनेछ

गत केही दिनअघि चलिरहेको नयाँ समीकरणको पहल अहिले आएर नयाँ राजनीतिक पार्टीमा परिणत भएको छ।आज दार्जीलिङ जिमखाना कल्बको हलमा नयाँ समीकरणलाई राजनीतिक दलमा समावेश गर्ने कार्यकर्म चलिरहेको छ।अनित थापाले आज जिमखाना कल्बको हलबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा नाम दिइ नौलौ पार्टीको उदयमान गराएका छन्।उक्त अवसरमा कालेबुङका विधायक रूदेन सादा लेप्चा,अमर सिङ राई लगायत विभिन्न क्षेत्रमा संलग्न रहेका व्यक्तिविशेषहरुको उपस्थिति रहेको देखियो ।यता जन आन्दोलन पार्टीका नेता अमर लामालाई अनित थापाको साथमा कार्यक्रम तर्फ प्रस्थान हुदै गरेको पनि देखियो।अब पहाड़मा उदयमान भएको भारतीय गोर्खा प्रजातान्त्रिक पार्टीले जनताको हितार्थ कुन कुन मुद्दाहरुलाई लिएर कार्य गर्ने छ यो आगामी दिनहरुमा हेर्न बाकी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *