• Mon. May 12th, 2025

अविरल वर्षा : सिलगढ़ी शहरका गल्लीहरू जलमग्न

Byadmin

Oct 19, 2021

मंगलवार बिहानैदेखि परेको अविरल वर्षाले सिलगढ़ी शहरबिचका बाटाघाटाहरू जलमग्न। यातायातमा बाधित। वर्षाको कारण शहरमा मानिस तथा वाहनहरूको घुइँचो कम्ती। जलवायु विभागले अगावै उत्तर बंगालमा भारी वर्षा हुने दिएको थियो संकेत। सोमवार राति अनि मंगलवार बिहानैदेखि परेको अविरल वर्षाले उत्तर बंगालको प्रायजसो ठाउँहरू जलमग्न बन्नपुगेको छ भने पहाड़ी इलाकाहरूमा पैह्रो जाने क्रम पनि जारी छ। यसैबिच, वर्षाले सिलगढ़ी शहरका कतिपय स्थानहरू जलमग्न भएकोले शहरबिचका बाटाघाटाहरू बन्द भएका छन्। शहरमा वर्षाको कारण मानिसहरूसितै वाहनहरूको घुइँचो पनि धेरै नै कम देख्न पाइयो। उल्लेखनीय छ, जलवायु विभागद्वारा अगावै उत्तर बंगालमा भारी वर्षा हुने बताइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *