• Sat. May 10th, 2025

अमेरिकामा पीएम मोदीलाई गरियो भव्य स्वागत, अमेरिकाले गौरवान्वित अनुभव गरिरहेछ : कार्टर

Byadmin

Sep 23, 2021

वाशिङ्गटन पुगेका पीएम मोदीलाई गरियो भव्य स्वागत। मोदीको स्वागत गर्नमा अमेरिकाले गौरवान्वित अनुभव गरिरहेको अमेरिकी सांसदको भनाइ।

प्रधानमन्त्री नरेन्द्र मोदी क्वाडका नेताहरूको शिखर सम्मेलनमा भाग लिन अनि संयुक्त राष्ट्र महासभाको 76औं सत्रलाई सम्बोधन गर्नका लागि अमेरिका पुगेका छन्। हवाइअड्डामा अमेरिकी राष्ट्रपति बाइडन प्रशासनका वरिष्ठ अधिकारीहरू अनि अमेरिकामा भारतका राजदूत तरनजीत सिंह सन्धुले उनको भव्य स्वागत गरे। बिहानैदेखि भारी वर्षा भइरहे तापनि प्रधानमन्त्रीको स्वागत गर्नका लागि एन्ड्र्यूज जोइन्ट एयरफोर्स बेसमा धेरै संख्यामा सरकारी अधिकारीसहित मानिसहरूको भीड़ थियो।
उल्लेखनीय छ, क्वाड समूहमा अमेरिका, भारत, अष्ट्रेलिया अनि जापान देश सामेल छन्। अमेरिकाले कार्यक्रमको आयोजना गरिरहेछ, जसमा समूहदेशका प्रमुखहरूले भाग लिइरहेछन्।
अर्कोतिर, अमेरिकी सांसद अर्ल बडी कार्टरले मोदीको स्वागत गर्नमा अमेरिकाले गौरवान्वित अनुभव गरिरहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *