• Sat. May 10th, 2025

अनुप्रवेशकारीलाई आश्रय : मञ्चन बर्मन पक्राउ, मञ्चन बर्मन 14 दिनको न्यायिक हिरासतमा

Byadmin

Oct 20, 2021

बंगलादेशी नागरिकलाई आश्रय दिएकोमा मञ्चन बर्मनलाई पुलिसले गऱ्यो पक्राउ। विदेश मामिला एक्ट अन्तर्गत मञ्चनलाई गरियो पक्राउ। मञ्चन बर्मन 14 दिनको न्यायिक हिरासतमा।

दुइजना बंगलादेशी नागरिकलाई आश्रय दिएकोमा विदेश मामिला एक्ट अन्तर्गत पुलिसले अलिपुरद्वार 2 नम्बर ब्लकको चण्डीरझार सालबारी क्षेत्रका मञ्चन बर्मन नामक व्यक्तिलाई मंगलवार पक्राउ गऱ्यो। अलिपुरद्वार विशेष अदालतमा मञ्चन बर्मनलाई उभ्याइएपछि 14 दिनको न्यायिक हिरासतमा लिएको पुलिस सूत्रले जनाएको छ।
उल्लेखनीय छ, गत आइतवार राति 2 बंगलादेशी नागरिकहरूलाई अवैध रूपले अनुप्रवेश गरेकोमा पुलिसले पक्राउ गरेको थियो भने उक्त दुवै अनुप्रवेशकारीलाई आश्रय दिएकोमा मञ्चन बर्मनलाई पक्राउ गरिएको पुलिसले बतायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *