सिक्किम विश्वविध्यालय अढ़ाइ वर्षपछि याङ्गाङ् –मा सार्न सकिने केन्द्रीय शिक्षा राज्यमन्त्री सरकारको भनाइ। विश्वविध्यालयको पहिलो चरणको निर्माण कार्य पूर्ण भएको अब दास्रो कार्यको लागि भारत सरकारले 3 करोड़ रुपियाँ आवण्टन गरेको मन्त्रीको भनाइ। केन्द्रीय शिक्षा राज्य मन्त्री डा. सुवास सरकारको भनाइअनुसार अबको अढ़ाइ वर्षपछि सिक्किम केन्द्रीय विश्वविध्यालयलाई याङगाङमा नयाँ क्याम्पसमा स्थानान्तरण गर्न सकिने भएको छ।उक्त विषयको जानकारी हाल सिक्किम भ्रमणमा आएका मन्त्री सरकारले रानीपुलस्थित एउटा होटलमा संचारकर्मीहरूलाई बताएका हुन्।तिनले जनाएअनुसार,विश्वविध्यालयको पहिलो चरणको निर्माण कार्य पूर्ण भइसकेको साथै दोस्रो चरणको निर्माण कार्यको निम्ति पनि भारत सरकारले 3 करोड़ रुपियाँ आवण्टन गरिसकेको जनाए। उल्लेखनीय छ,लामो समयदेखि याङगाङमा विश्वविध्यालयको क्याम्पस निर्माणधीन अवस्थामा रहेको हुनाले हाल रानीपुलदेखि गान्तोकका विभिन्न ठाउँमा सिक्किम विश्वविध्यालय भाड़ाका भवनहरूमा चलिरहेको छ।जसको कारण विध्यार्थीहरूले धेरै असुविधाको सामना गर्नु परिरहेको