सिक्किम राज्यमा कोरोना भाइरसको तेस्रो लहर साम्य हुदै गएपछि विशेष पूर्व सिक्किमको सिङताम अनि रम्फूमा डेङ्गुले पाइला पसारेको छ।लगातार रुपमा डेङ्गुको प्रकोप बढ़दै गएपछि एकजना स्थानीय युवकको मृत्युले रम्फूवासीमा नै त्रासको माहौल सृजना भएको छ। बिहिबार प्रशासन लगायत स्वास्थ्य विभागको आयोजनामा एक जनचेतना कार्यक्रम महकुमा अधिकारीको नेतृत्वमा स्वास्थ्य विभाग लगायत नगरपालिकाद्वारा डेङ्गु स्थलको उत्पन्न स्थल भ्रमण गरे।विशेष रम्फूको आइबिएम (IBM)मा डेङ्गुले जरा गाढिसकेको छ भने स्थानीयहरू आइबिएम-को कच्चा घर तथा झोपड़ीमा बसोबास गर्दछन्।यसरी स्थानीयवासीहरूमा नै डेङ्गुको सकारात्मक परिक्षण आएको हुनाले धेरै जसो पिड़ीतहरूले दशैंलाई पन्साउनु परेको एक स्थानीय पिड़ीताले जनाएकी छन्।उनले आफू संक्रमित भएको विषयमाथि बोल्दै तिनको कच्चा घरको अघिल्लो भागदेखि नाली बग्दछ यद्दपि उनीहरू यस विषयमा सचेत पनि रहेका छन् भने उनीहरूले उक्त नालीलाई सफा गर्दै आएको तर धेरै फोहर मैलाहरू ठूल-ठूला बिल्डिङबाट आएको हुदाँ मानिसहरूले उक्त फोहरको व्यवस्थापन नगरपालिकाले गरिनु पर्ने भनी आफ्नो कुरामा जोड़ दिदै धेरैजसो मैलाहरू ठूल-ठूला बिल्डिङहरूको नालीबाट बगेर आएको हुनाले उक्त फोहर मैलालाई नगरपालिकाले व्यवस्थापन गर्नु पर्ने हो भनी मनसाय पोखेका छन्।