गत 19 अक्टोबरको बिहान खरसाङको महानदी नजिक चिउरी भीरमा गएको पैह्रोले एनएच 55 बन्दावस्थामा रहेको थियो। पैह्रोको माथिल्लोपट्टि भित्ता काटेर सड़क निकालेपछि वाहनहरूको चलाचल शुरू भएको छ। लगभग 5-6 दिनपछि एनएच 55 सुचारु भएको हो। एनएच 55 खोलिएपछि तीनधारे, घैयाबारी र महानदी क्षेत्रका मानिसहरूलाई धेरै राहत प्राप्त भयो । महानदीको पैह्रो काटेर बाटो बनाएपछि साना वाहनहरू मात्रै कुदाउन सक्ने भनिए तापनि ठूल-ठूला वाहनहरू पनि कुदिरहेको देखियो । यदपि उक्त बाटो आपतकालीन रुपमा साना वाहनहरू मात्र छिर्न सक्ने भनिएको छ। उक्त सड़क एनएचको महानदी क्षेत्रका ठेकेदारहरूले निर्माण गरिएको खबर रहेको छ। महानदीको चिउरी भीरमा गएको पैह्रोले महानदी लगायत तीनधारे, घैयाबारी क्षेत्रका जनसाधारणलाई धेरै असुविधा भएको थियो।