कालेबुङमा भयो विमल गुरूङ अनि अजय एडवर्डको जम्काभेट। शहिद बरूण भुजेलको पण्यतिथिको अवसरमा श्रद्धाञ्जली दिन पुगेका थिए दुइ नेताहरू कालेबुङ। गोजमुमो अध्यक्ष विमल गुरूङ अनि एडवर्ड फाउण्डेशनका प्रमुख तथा नयाँ राजनीतिक दल खोल्ने ताकमा रहेका अजय अडवर्ड आज सोमबार कालेबुङमा जम्काभेट भयो।यी दुइ नेताहरू विगत दिनमा गोर्खाल्याण्ड आन्दोलनको समय अवधि शहिद भएका कालेबुङका पूर्व सभासद् बरूण भुजेलको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली अर्पण गर्न कालेबुङ पुगेका थिए।यसैबिच एडवर्डले आफ्नो नयाँ राजनीतिक दल खोल्ने सम्बन्धी दिल्लीमा कार्यहरू चलिरहेको बताउँदै आफूले कुनै निर्णय गर्न नसक्ने तर जब जनतालाई समय ठीक लाग्छ त्यस समय राजनीतिक दल अवश्यै खोल्ने बताए। यसरी नै पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीको भ्रमण तथा भेटघाट गर्ने सम्बन्धमा अजय एडवर्डले भेट्ने योजना नरहेको , आफूहरू इलेक्टेट नभएको साथै पार्टी पनि नभएको बताउदै अहिले भेटघाट गरि कुन दललाई प्रतिनिधित्व गर्नु भन्दै जुन दिन जनताले मेनडेट दिएर चुनावमा जिताउँछ त्यस समय भेट्ने बताए।