कालेबुङमा भयो विमल गुरूङ अनि अजय एडवर्डको जम्काभेट। शहिद बरूण भुजेलको पण्यतिथिको अवसरमा श्रद्धाञ्जली दिन पुगेका थिए दुइ नेताहरू कालेबुङ। गोजमुमो अध्यक्ष विमल गुरूङ अनि एडवर्ड फाउण्डेशनका प्रमुख तथा नयाँ राजनीतिक दल खोल्ने ताकमा रहेका अजय अडवर्ड आज सोमबार कालेबुङमा जम्काभेट भयो।यी दुइ नेताहरू विगत दिनमा गोर्खागायक राकेश लामा र गायिका डोल्मा तामाङको सांगीतिक एल्बम जीवनको गाड़ी लोकार्पण। खरसाङको तीनधारेस्थित महात्मा गाँधी हलमा गरियो लोकार्पण। खरसाङको तीनधारेस्थित महात्मा गाँधी हलमा आइतबार गायक राकेश लामा र गायिका डोल्मा तामाङको सांगीतिक एल्बम जीवनको गाड़ी लोकार्पण गरिएको छ। उक्त सांगीतिक एल्बमको लोकार्पण कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ संगीत संयोजक मित्र लामाको बाहुलीबाट गरियो । उनीसितै सभाध्यक्ष साहित्य कला संस्थान तीनधारेको सभापति रञ्जनकुमार रसाईली, सचिव सन्तोष लामा , गायक राकेश लामा अनि गायिका डोल्मा तामाङ पनि उँभिएका थिए। गीतकार सुकुमार बराईलीद्वारा सञ्चालित कार्यक्रममा स्वागत सम्भाषण साहित्य कला संस्थानके मूल सचिव सन्तोष लामाले राखेका थिए। कार्यक्रममा गायक राकेश लामा र गायिका डोल्मा तामाङको परिचय सुप्रेम छेत्रीले राखेका थिए। ऋषिका लामाको गीत प्रस्तुतिबाट शुरु गरिएको कार्यक्रममा संगीतकार एंव संयोजक रुपेस रसाईलीले आफ्नो वक्तव्य राख्दै स्मृति चिन्ह प्रदान गरेर गायक राकेश लामालाई सम्मान जनाएका थिए। राकेश लामा र डोल्मा तामाङको सांगीतिक एल्बम विषयमा समीक्षात्मक टिप्पणी गीतकार विपिन स्याङ्देनले राखेका थिए। गायक राकेश लामाले योभन्दा अघि ‘तरंग’ अनि ‘मुक्ति’ नेपाली संगीत जगतमा दिई सकेका छन्। उक्त लेकार्पण कार्यक्रम विषयमा साहित्य कला संस्थानका मूल सचिव सन्तोष लामाले संक्षिप्त रुपमा जानकारी गराए।