जम्मू-कश्मीर : ड्रोनको निगरानीमा रहनेछन् अल्पसंख्यक समुदायका मानिसहरू बस्ने क्षेत्रहरू। संदिग्धहरूमाथि नजर राख्नको निम्ति अतिरिक्त नाकाबन्दी। जम्मू-कश्मीर पुलिस अनि सीआरपीएफले संयुक्त रूपमा अल्पसंख्यक समुदायहरू बस्ने क्षेत्रका लागि एक हवाई निगरानी कवर लगाएको छ। शहरको केन्द्रलाल चौक अनि वरपरका इलाकामा केन्द्रिय गृहमन्त्री अमित शाहको जम्मू-कश्मीर भ्रमण अवधि आतंकी घटनाहरूमाथि रोक लगाउनको निम्ति गिद्दे नजरमा सुरक्षा व्यवस्थामाथि ध्यान दिइएको छ। गृहमन्त्री शाहको जम्मू-कश्मीर आगमनअघि नै शुक्रबार श्रीनगरको प्रताप पार्क इलाकामा पुलिस अनि सीआरपीएफले ड्रोनको परीक्षण गरे। सीआरपीएफको डीआईजी मैथ्यू-ए जानले सीआरपीएफले पुलिसको साथमा ड्रोनको परीक्षण गरेको साथै यसको प्रयोग अल्पसंख्यक समुदायका मानिसहरू बस्ने क्षेत्रहरूमा निगरानीको निम्ति गरिने जनाए।