• Sat. May 17th, 2025 9:24:14 PM

DOOARS EXPRESS 22ND SEP, डुवर्स एक्सप्रेस/ डुवर्सका पाँच मुख्य खबरहरू…..

Byadmin

Sep 22, 2021

– कालचिनी बीडीओमाथि अज्ञात व्यक्तिहरूद्वारा आक्रमणको प्रयास। घटनाको चौतर्फी निन्दा। घटनाको प्रतिवादमा बीडीओ कार्यालय कर्मचारीहरूले गरे पेनडाउन। – डुवर्समा फेरि चट्याङको चपेटमा परी पाँचजना महिला चियाश्रमिकहरू घाइते। एकजनाको स्थिति चिन्ताजनक। घाइते वीरपाड़ा अस्पतालमा चिकित्साधीन। – डुवर्सको हल्दीबारी चियाकमानमा सर्वप्रथम पूजा बोनस गरियो वितरण। श्रमिकहरूमा छायो खुशीको लहर। एकैमुष्ठमा 20 प्रतिशत बोनस दिइएको प्रबन्धकको भनाइ। – खोलामा ढुङ्गा-बालुवाको काम शुरु गर्नुपर्ने माग गर्दै मंगलवार बिहान रिवर बेड लेबर युनियनले गऱ्यो राष्ट्रिय राजमार्ग 31 अवरोध। माल पुलिसको आश्वासनपछि उठाइयो अवरोध। – – फेरि एकजना भाजपाका पञ्चायत सदस्य सय भाजपा समर्थकहरुलाई लिएर तृणमूलमा भए सामेल। टीएमसी सरकारको विकासमूलक कार्यहरूले प्रभावित भई टीएमसीमा सामेल भएको पञ्चायत सदस्य जेम्स एक्काको भनाइ। अब खबर विस्तारमा………

Leave a Reply

Your email address will not be published. Required fields are marked *