– हात्तीलाई बचाउने हुँदा ट्रक पस्यो खाल्डोमा। घटना खुनियामोड़ नजिकको हो। वाहनलाई पुलिसले उद्धार गऱ्यो भने चालकलाई लाग्यो सामान्य चोट। – राष्ट्रिय एकता दिवसकोको उपलक्ष्यमा एसएसबी-ले शुरू गऱ्यो जयगाउँदेखि गुजरातसम्मको साइकल ऱ्याली। केरनमा ऱ्यालीलाई जनाइयो स्वागत। देशको निम्ति सर्वस्व बलिदान दिने स्वतन्त्रता सेनानीहरुलाई श्रद्धाञ्जलि दिनु साइकल र्यावलीको उद्देश्य रहेको कमान्डेन्टको भनाइ। – प्रत्येक वर्ष झैं यस वर्ष पनि गोरुमारा अनि गाजबाड़ीमा भगवान् विश्वकर्माको वाहन हात्तीको गरियो पूजा। पूजा हेर्न पर्यटकहरूको लागेको थियो भीड़। 23 वटा हात्तीहरूको गरियो पूजा। – धेरै दिनपछि पार्टी अनि समर्थकहरूबिच हट्यो अन्योलता। पासाङ लामा नै तृणमूल कंग्रेसका कालचिनी ब्लक सभापति अनि अलिपुरद्वार दुई नम्बर ब्लक सभापति लुइस कुजूर घोषित। एआईटीसी -ले जारी गऱ्यो विज्ञप्ति। – डुवर्सका विभिन्न ठाउँमा आदिवासी समुदायद्वारा करम पूजा पालन। सांस्कृतिक पर्वको रूपमा मनाइने करम पूजामा आदिवासीहरूद्वारा विविध सांस्कृतिक कार्यक्रमहरू आयोजित।