कालचिनीको मेचपाड़ा चियाबारीबाट गरियो चितुवाको सड़िएको मृतदेह उद्धार। एउटा चितुवाको सड़िएको मृतदेह आज शुक्रबार कालचिनी खण्डको मेचपाड़ा चियाबारीको 16 नम्बर सेक्सनको नालाबाट बन विभागले उद्धार गरेको छ। चियाबारी श्रमिकहरु आज 16 नम्बर सेक्सनमा काममा लागि परेको थियो भने श्रमिकहरुले काम गर्दै जाँदा केही कुहिएको दुर्गन्ध थाह पाएर नालामा हेर्न जाँदा एउटा चितुवाको सड़ेको शव देख्दा यसको जानकारी कमान प्रबन्धनपक्षलाई दिए। घटनास्थलमा कमान प्रबन्धनपक्ष पुगी बन विभागलाई उक्त घटनाको जानकारी दिए । बक्सा ब्याघ्र प्रकल्प पश्चिम अन्तर्गत हेमिल्टनगञ्ज रेञ्जका बनकर्मीहरु घटनास्थलमा पुगि चितुवाको शव बरामद गरि पोस्टमार्टमको निम्ति लगियो।