दार्जिलिङ पुलिसद्वारा 3 डिसेम्बर 2021-मा आयोजना हुने दार्जिलिङ हिल म्याराथनको 8 औं संस्करण पूर्वी र उत्तर-पूर्वी भारतको सबैभन्दा ठूलो म्याराथनहरू मध्ये एक रहने भएको छ। सोमबार दार्जिलिङका एसपी सन्तोष निम्बाल्करले दार्जिलिङ हिल म्याराथनको टिसर्ट, रुट म्याफ अनि पदकहरूको लन्च गरेका छन्।कार्यक्रममा विक रन फाउण्डेसनका संस्थापक विक्रम राई,फुटबल खेलाड़ी नादोङ भूटिया लगायत दार्जीलिङ पुलिसका अन्य उच्च अधिकारीहरूको पनि उपस्थिति रहेको थियो