पैह्रोको कारण बन्द राष्ट्रीय राजमार्ग 10 बन्द अवस्थामा। सड़क मार्ग खोलाउँन अझ समय लाग्ने विभागीय अधिकारीको भनाइ। सिक्किमको जीवन रेखा मानिने राष्ट्रीय राजमार्ग दश गत बुधबारदेखि बन्द अवस्थामा रहेको छ।उक्त सड़क मार्गलाई खोल्न दुइ-तीन दिन समय लाग्ने सम्भावना रहेको छ।उक्त सड़क खनन कार्यमा ज्यानमाना ढुंगा भेटिएको कारण नै समय लाग्ने PWD अधिकारीले जनाएको छ। उक्त सड़क मार्ग खोल्ने कार्यमा रातभरि चारवटा JCB लगाएर काम गरेता पनि अझै दुइ तीन दिनको समय लाग्ने सम्भावना रहेको छ। 5 दिन देखि राजमार्ग 10 बन्द भएको कारण वाहन चालकहरू सड़कमा नै स्टोभ बालेर खाना पकाइ खान बाध्य छन्।सड़क मार्ग बन्द भएपछि दुइचक्के वाहनहरू बिरिकदेखि सिटोङ लाटपञ्चर हुदै कालिझोड़ा भएर आउजाउ गर्दैछन् भने मालवाहक वाहनहरू सड़क साघुरो भएको कारण ठप्प रहेको छ।