• Wed. May 14th, 2025

टोलीमा थिए बीडीओ अनि स्थानीय पञ्चायत सदस्य –

Byadmin

Oct 24, 2021

पश्चिम सिक्किमको सोरेङ महकुमा अधिकारीले पैह्रो पीड़ित लेप्चालाई प्रदान गरे अनुग्रह राशि। साथमा थिए क्षेत्रका बीडीओ रबिन दोङ र स्थानीय पञ्चायत। पश्चिम सिक्किमको सोरेङ महकुमा अधिकारी रञ्जन राईले रिञ्चेन्पोङ समष्टिको पैह्रो प्रभावित क्षेत्र कामलिङ सुलडुङ ब्लकको शनिबार स्थलगत निरीक्षण एवं भ्रमण गरे। उनको साथमा मंगलबारे खण्ड प्रशासनिक केन्द्रका बीडीओ रबिन दोङ र स्थानीय पञ्चायत पनि थिए। महकुमा अधिकारी राईले पैह्रो पीडित पेम्बा छिरिङ लेप्चासँग भेटघाट गरी उनको दुखेसो सुने। गत २० अक्टोबरको दिन पैह्रोको चपेटामा परी पेम्बा छिरिङ लेप्चाको घर बगाएर क्षतिग्रस्त बनाएको थियो भने पीड़ित लेप्चाको ठूलै भाग जमीनलाई क्षयक्षति पुऱ्याउनुका साथै दुइवटा गोरु र कुखुराहरू पनि मारिएका थिए। पीडित लेप्चालाई महकुमा अधिकारीले सरकारबाट प्रदान गरिने अनुग्रह राशिको चेक पनि हस्तान्तरण गरे। यस अतिरिक्त महकुमा अधिकारीसँग रहेको टोलीले कामलिङस्थित कुखुरा फार्मको पनि भ्रमण गरेर फार्म मालिक तथा स्थानीय नागरिकहरुसँग अन्तरक्रिया गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *