• Sat. May 10th, 2025

फेरि बढ्यो कोरोनाले मृत्यु हुनेहरूको संख्या

Byadmin

Oct 23, 2021

फेरि बढ्यो कोरोनाले मृत्यु हुनेहरूको संख्या। बितेको 24 घण्टामा 666 रोगीहरूको मृत्यु। एक दिनमा संक्रमणको 16 हजार 326 नयाँ मामिला आयो अघि। स्वस्थ हुनेहरूको संख्या बढ़ेर 3 करोड़ 35 लाख 32 हजार 126 पुगेको छ भने देशव्यापी रूपमा 101 करोड़ 30 लाखजनाले लगाइसकेका छन् कोरोनारोधी भ्याक्सिन। भारतमा एक दिनमा कोभिड-19 ले 666 जना रोगीहरूको मृत्यु भएपछि मृतकहरूको संख्या अहिलेसम्ममा देशमा 4 लाख 55 हजार 708 पुगेको छ भने उपचाराधीन रोगीहरूको संख्या क्रमश घट्दै गइरहेछ। वर्तमान देशमा उपचाराधीन रोगीहरूको संख्या घटेर 1 लाख 73 हजार 728 भएको छ, जो संक्रमणको मोठ मामिलाको 0.51 प्रतिशत हो, जो मार्च 2020-पछि सबैभन्दा कम्ती पनि हो। यस रोगबाट स्वस्थ हुनेहरूको संख्या बढ़ेर 3 करोड़ 35 लाख 32 हजार 126 पुगेको छ, जबकि मृत्युदर 1.33 प्रतिशत दर्ता गरिएको छ। यसैबिच, देशव्यापी कोभिड-19 रोधी भ्याक्सिनेशन अन्तर्गत 101 करोड़ 30 लाखजनाले भ्याक्सिन लगाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *