न्यु-अलिपुरद्वार रेलवे स्टेशनबाट प्रथम विद्युतीय रेल सेवाको भयो आरम्भ। न्यू-अलिपुरद्वारदेखि कलकत्ता सियालदागामी टिस्टा-तोर्सा एक्सप्रेसको पहिलो विद्युतीय इञ्जिनलाई अलिपुरद्वार डीआरएम दिलीप कुमार सिंहले हरियो झण्डी देखाएर गरे शुभारम्भ। कार्यक्रममा अलिपुरद्वार विधायक सुमन काञ्जीलाल थिए उपस्थित। न्यू-अलिपुरद्वार रेल स्टेशनदेखि कलकत्ता सियालदा गामी टिस्टा-तोर्सा एक्सप्रेसको पहिलो विद्युतीय इञ्जिनलाई हरियो झण्डी देखाएर अलिपुरद्वार डीआरएम दिलीप कुमार सिंहले न्यू अलिपुरद्वार रेल स्टेशनबाट प्रथम विद्युतीय रेल सेवालाई प्रस्थान गरे। विधिवत रुपमा रेलको इञ्जिन अघि नरिवल फुटाएर प्रथम विद्युतीय रेल परिसेवाको शुभारम्भ गरिएको साक्षी बने अलिपुरद्वार जिल्लावासी। यस अवसरमा अलिपुरद्वार विधायक सुमन काञ्जीलाल पनि उपस्थित थिए। उत्तरपूर्वी सीमान्त रेलवे अन्तर्गत अलिपुरद्वार डीआरएम क्षेत्रको मेन लाईनलाई डबल लाईनमा रुपान्तरित औ विद्युतीकरणको कार्य समाप्त भएपछि नै अब अझै आगामी दिनमा प्रायः 14 वटा एक्सप्रेस विद्युतीय लाईनमा चल्ने डीआरएम सिंहले जनाए।