• Mon. Jun 30th, 2025

पैह्रोले भयो गोरुबथान-कालेबुङको सम्पर्क विच्छेद-

Byadmin

Oct 20, 2021

अविरल वर्षाको कारण चारैतिर बाटो बन्द। पैह्रोले गर्दा गोरुबथान-कालेबुङको बाटो भयो पूर्ण बन्द। सर्वसाधारण मर्कामा। अविरल वर्षाले चारैतिर विपद् ल्याइदिएको छ। गत तीन दिनदेखि लगातार परेको पानीले पहाड़ी क्षेत्रमा निकै नोक्सानी गरेको छ। यसैबिच, गोरुबथान पोख्रेबुङ माङजिङदेखि लुङसेल अनि झण्डी हुँदै पास्टिन, लाभा कालेबुङ जाने गाड़ीको बाटो पूर्ण बन्द भएको छ। यो विनाशकारी झरीको कारणले सबै अस्तब्यस्त बनेको छ। सो बाटो भएर कालेबुङ, गोरुबथान आउन-जान बन्द भएपछि सर्वसाधारण साह्रै मर्कामा परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *