• Mon. Feb 23rd, 2026

घरछेउमै पैह्रो जानाले आतंकित छन् अनुप राई

Byadmin

Oct 19, 2021

मिरिक महकुमाका विभिन्न गाउँ-बस्तीहरुमा भारी वर्षाको कारण गयो पैह्रो। थर्बुको नन्दलाल गाउँमा गएको पैह्रोले स्थानीय मानिसहरू बनेका छन् आतंकित। घरछेउमै पैह्रो जानाले आतंकित छन् अनुप राई। मुसलधार वर्षाको कारण विभिन्न ठाउँहरूमा पैह्रो गइरहेको छ। पैह्रोले मिरिकलाई पनि अछुत राखेन। थर्बु नन्दलाल गाउँमा स्थानीय अनुप राईको घरछेउमा पैह्रो गएकोले तिनको घर जोखिममा पर्न गएको छ। दशैंको अवधिमा नै यस्तो अविरल पानी परेकोले जनजीवन अस्तव्यस्त बन्न पुगेको छ। मानिसहरू दशैंमा ओहोर-दोहोर गर्न सकिरहेका छैनन्। यस प्रकारको अविरल वर्षाले गर्दा मानिसहरू त्रसित बनिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *