लुकसान ग्रामीण कल्याण संस्थाले जनायो क्षेत्रकै सबैभन्दा वृद्ध व्यक्ति लुकसान चियाबारी निवासी शताब्दी पुरुष ज्ञानबहादुर थापा छेत्रीलाई सम्मान। ज्ञानबहादुर 103 वर्ष पुगिसकेका छन्। लुकसान ग्रामीण कल्याण संस्थाको तर्फबाट क्षेत्रकै सबैभन्दा वृद्ध व्यक्तिलाई सम्मान जनाइयो। संस्थाको तर्फबाट लुकसान चियाबारी निवासी शताब्दी पुरुष ज्ञानबहादुर थापा छेत्रीलाई सम्मान जनाइयो। उनीहरू १०३ वर्ष पुगिसकेका छन्। ज्ञानबहादुर छेत्रीको १९१८ -मा जन्म भएको थियो। उनले आफ्नो कार्यकाल चियाबारीमा नै व्यतीत गर्दै समाजको निम्ति महत्त्वपूर्ण योगदान पुऱ्याएका छन्। वर्तमान ज्ञानबहादुर छेत्री अस्वस्थ छ्न्, केही महिनादेखि उनी ओछ्यानमा नै छन्। यस्ता कुशल जेष्ठ वरिष्ठ नागरिकलाई समाजप्रति दिएको योगदानको कदर गर्दै तिनको घरमै गएर सम्मान जनाइने काम गरियो। यस अवसरमा लुकसान ग्रामीण कल्याण संस्थाका अध्यक्ष जेठा सुब्बा, समाजसेवी विष्णुलाल सुब्बा, परशुराम अधिकारी, केबी बाइबा, रबिन खवास, नन्दलाल सुब्बा स्मृति नेपाली विद्यालयका प्रधानाध्यापक बासु छेत्री, अर्जुन अधिकारी, पञ्चायत सदस्य कुमार तामङ, बद्री छेत्री, लुकसान बजार अस्पतालपाड़ा पञ्चायत सदस्य उत्तम बरूवा लगायत अन्यान्य उपस्थित थिए।