गोर्खा जनमुक्ति मोर्चा पार्टीका युवा सांगठनिक सचिव सुपेन्द्र प्रधानले आफ्नो सम्पूर्ण ओहोदासितै साधारण सदस्यतबाट दिए राजीनामा। पार्टीमा पहिलेकै जस्तो ग्रुपिज्म् शुरू भएकोले आफूले राजीनामा दिएको तिनको भनाइ।
गोर्खा जनममुक्ति मोर्चाका सशक्त कार्यकर्ता तथा युवा मोर्चा केन्द्रिय समिति सांगठानिक सचिव सुपेन्द्र प्रधानले एउटा प्रेस विज्ञप्ति जारी गरी पार्टीबाट राजीनामा दिएको जानकारी गराए। तिनले उक्त विज्ञप्तिमा २०१७ को आन्दोलनपछि पार्टी अध्यक्ष साथै केन्द्रिय नेतृत्व विस्थापित हुँदा पार्टी शून्यमा परिणत भएको अनि पार्टीको नामसम्म लिन नसक्ने स्थिति भएको उल्लेख गर्दै उक्त समय पनि आफू लगायत धेरै युवाहरू टाउकोमा कफन बाँधेर पार्टीको बत्तीलाई निभ्न नदिएको बताए। तिनले पार्टी पूर्वकालको समयमा झैं चल्न थालेको र ग्रुपिज्म शुरु भएको अनुभव गर्दै अब पुराना खट्ने युवाहरू कसैको सल्लाह-सुझावको कुनै महत्त्व पार्टीमा भएपछि आफूले पार्टीको सम्पूर्ण पदभार लगायत साधारण सदस्यबाट राजीनामा दिएको विज्ञप्तिमा उल्लेख गरेका छन्।